ताजा समाचार

असार ८ गते २०७६

आधा बर्षमा ४६ आपराधिक घटना

बागलुङ जिल्लामा छ महीनामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागलुङको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।

सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् ।

राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन् ।

स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ ।