क्रिष्टल मन्टेसरीका अभिभावकलाई तालिम

क्रिष्टल इण्टरनेशनल मन्टेसरी किण्डर वल्र्ड जरेवर लेकसाईडले आफ्ना अभिभावकहलाई लक्षित गरि आनन्दित अभिभावकत्व बिषयक अभिभावक उत्प्रेरणा तालिम संचालन गरेको छ ।

आमाबाबुको बालबालिकाहरु संगको सम्वन्ध सुधार तथा हरेक अभिभावकहले आफूमा गर्नु पर्ने सुधार गर्नको लागी उक्त तालिमको आयोजना गरिएको हो ।

तालिमका सहजीकरण गर्दै यन यल पी सहजकर्ता सुवास पौडेलले बालबालिका गीलो माटो जस्तै भएको हुनाले उनीहरु आफै केहि पनि गर्न जान्दैनन् उनीहरु आफ्ना अभिभावक बाट जे देख्छन् त्यही अनुसरण गर्ने बताए ।

उनले बाबाआमाको व्यवहार बालबालिकामा जस्ताको तस्तै सर्छ त्यसैले बालबालिकालाई सुधार्न खोज्नु भन्दा बाबुआमा आफू सुध्रनु पर्छ भन्नेमा जोड दिए । अहिलेको टेक्नोलोजीको समयमा बालबालिका लाई समय सीमा तोकेर प्रयोग गर्न दिनु पर्ने बताए ।

सोहि अवसरमा अभिभावकका तर्फबाट संगीताले अभिभावकका तर्फबाट बोल्दै आफूहरु बिद्यालयका हरेक क्रियाकलाप बालबालिकाको शैक्षिक तथा बौद्धिक बिकासमा टेवा पुग्ने बताए ।

त्यसैगरि शिलु चालिसेले क्रिष्टल मण्टेश्वरीले बालबालिकाको बौद्धिक बिकासका लागि मात्र नभई अभिभावकहरुलाई समेत सचेतना कार्यक्रमहरु सञ्चालन गर्दा निकै प्रभावकारी भएको बताए । मन्टेश्वरीमा पढ्ने हरेक बालबालिका आफैमा उत्कृष्ट हुने गरेको भन्दै मण्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले खुसि ब्यक्ति गरिन ।

उनले सम्पूर्ण अभिभावक बेलाबेलामा बिद्यालयमा आएर कक्षा शिक्षकका साथमा आफ्ना बालबालिकाका समस्या वा उनीहरुको राम्रो पक्ष आफू संग पनि साटासाट गरेमा अझै अभिभावक र बालबालिका विचको सम्बन्ध प्रभावकारी हुने बताईन् ।

पोखराको एक प्रतिष्ठित मन्टेसरीका रुपमा रहेको क्रिष्टल हाल १२ औं बर्षमा चलिरहेको छ ।