ताजा समाचार

असार २ गते २०७६

म्याग्दीमा यात्रु लुटपाट, ३ जना पक्राउ

म्याग्दीमा यात्रुलाई लुटपाट प्रयास गर्ने ३ जना पक्राउ परेका छन् । पोखराबाट मुस्ताङको लोमान्थाङतर्m गईरहेको ग १ ज ५९०९ नम्बरको जीपमा सवार यात्रुलाई म्याग्दीको रघुगंगा गाउपालिका १ तिप्ल्याङमा लुटपाट प्रयास गर्र्ने पक्राउ परेका हुन् ।

करिव ३ बजेको समयमा जीप रोकेर यात्रु लुट्न प्रयास गरेको भन्दै म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा ,म्याग्दी अन्नपूर्ण गाउपालिका ७ हिस्तानका समिट पुन र पर्वत जलजला गाउपालिका १ का कुशल पाईजालाई पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ । जीप सवार ६ जना यात्रु लोमान्थाङ गाउपालिका २ छोसेरका थिए ।

म्याग्दी प्रहरीका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार जीपका यात्रु लुट्ने लुटेराको समूहले केही नगद र लत्ताकपडा लगेका छन् । पक्राउ परेका ३ जना लुटेराको समूहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको म्याग्दी प्रहरीले जनाएको छ ।