अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् ।
लामो समयसम्म ठूलो हिमपात परेकोले उक्त स्थानमा समयमा ब्यवसायी पुग्न नसकेकोले सोचे जस्तो पर्यटक आगमनको नभएको हो ।
बाक्लो हिमपातका कारण लमजुङबेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । तर यस्तो परिस्थितिमा पनि गत वर्षको तुलनामा पर्यटकको आगमनमा कुनै गिरावट नआएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए ।
उनका अनुसार जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप भएको छैन् ।
अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक ६०७ भित्रिएका छन् । सबैभन्दा कम भियतनामी २१३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ ।
यो मौसम जनावरीबाट शुरु भई मेमा सकिने गर्छ । सिजनको पहिलो महीना जनवरीमा सबैभन्दा कम जम्मा ४७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा पाँच हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ ।





