पोखरा–४ स्थित शुभकामना महिला विकास केन्द्रद्वारा आयोजित योजना तर्जुमा तथा प्रस्तवना लेखन तालिम बुधबार सकिएको छ । ५ दिनसम्म आयोजित तालिममा सहभागीलाई पत्रकारद्वय प्रकाश ढकाल, हरि पन्त र पोखरा महानगरकी निर्मला शर्माले प्रशिक्षण दिएकी थिइन् ।
तालिममा सहभागीलाई पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै वडाध्यक्ष बाँस्तोलाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । उनले पोखरा–४ पोखराकै केन्द्र विन्दु र सबैको नजरमा पर्ने भएकाले यहाँका जनता शिक्षित, सक्षम र सक्रिय हुनुपर्ने खाँचो औंल्याए ।
वडाध्यक्ष बाँस्तोलाले हाल स्काउटको कार्यालय रहेको जग्गामा पार्क या घण्टाघर र फिर्केमा १ पुल थप्ने काम अन्तिम चरणमा पुगेको बताए । साथै उनले वडाभित्रका एउटै व्यक्ति एउटै प्रकृतिका १ संघसंस्थामा भन्दा बढी आवद्ध हुन नपाउने नीति वडाले ल्याउन लागेको समेत स्पष्ट पारे ।
वडासदस्य विष्णुमाया परियारले वडाभित्रका महिलामैत्री कार्याक्रमहरुलाई विशेष महत्व दिएको बताइन् ।

संस्थाकी कार्यवाहक अध्यक्ष सुमिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि पन्त, संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ, निवर्तमान अध्यक्ष भवानी माकाजू, पूर्व अध्यक्ष दुर्गादेवी लामिछाने, सिद्धार्थ क्लबकी सहसचिव ईन्दिरा मर्सानी, प्रशिक्षार्थी सोनाका बाटाजू लगायतले बोलेका थिए ।
उक्त अवसरमा द्वितीय उपाध्यक्ष ज्ञानु श्रेष्ठले स्वागत र सञ्चालन सहसचिव ईन्दु श्रेष्ठले गरेकी थिइन् ।





