आज देशभर मुस्लिम समुदायले हर्ष उल्लाषका साथ इद मनाईरहेका छन् । यसबीच इदकै बेला मस्जिदमा मेयर कुटिएका छन् । चन्दा नदिएको भन्दै राजपुर नगरपालिकाका मेयर शेख सकिललाई मस्जिदमै कुटिएको हो । राजपुरको महम्मुदिया मस्जिदमा स्थानीय एक समूहले मेयरमाथि कुटपिट गरेका हुन् । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए ।
पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएको भन्दै आक्रोसि समूहले मेयरमाथि आक्रमण गरेका हुन् । मेयर सकिल पनि नमाज पढ्नका लागि मस्जिद पुगेका थिए ।
जहाँ स्थानीय समूहले आफुसंग सहयोग रकम मागेको तर त्यतीबेला आफुसंग खल्तीमा पैसा नभएकोले भोली दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयरले बताए । हाल मेयरमाथि हातपात गर्नेहरु फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको रौतहट प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।





