बिहिबार पोखरामा निर्मलाहरुको न्यायको निम्ति बृहत दबाब मुलक कार्यक्रम भएको छ। पोखरा महानगरपालिको सहकार्यमा भएको उक्त कार्यक्रम पोखरा नगर बाल मन्चले आयोजना गरेको हो।
पोखरा मानव अधिकार चोक बाट शुरु भएको दबाबमुलक र्याली बि।पि चोक न्यु रोड सभागृह चोक हुँदै पृथ्वीचोकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै पोखरा नगर बाल मन्चका अध्यक्ष आरोग्य मोहन काफ्लेले राज्यले यसरी अन्यायको खेती गर्दै गयो भने बालकहरु पनि लड्न पछि नहट्ने बताए।
चुप लागेर बस्यो भने न्याय मर्न सक्ने हुदा अब चुपलागेर नबस्ने चेतावनी दिए । पोखरा बाल मन्चकी सद्स्य सफलता त्रिपाठिले निर्मला पन्तको प्रतिनिधि पात्र बनी अभिनय प्रदर्शनी गरेकी थिईन् । उनले ‘सोच है सोच मैले जस्तो तिम्ले भोग्न नपरोस’ भनेर निर्मला बनी आफ्नो शब्दहरु पोखिरहदा उपस्थित सबैको आँखा रसाएको थियो । बर्षाका बावजुत पनि कार्यक्रममा १०० जना भन्दा बढी उपस्थित थिए।




