राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीको आयोजनामा भुकम्प पिडित लाभग्राही विच पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तर्क्रिया कार्यक्रम भएको छ।
भुकम्प पिडितहरुले राखेको गुनासा तथा समस्याका विषयमा समाधान गर्नको लागी उक्त कार्यक्रम गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ को भूकम्प पीडित लाभग्राहीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा लाभग्राहीले राखेका गुनासा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, जिल्ला आयोजना प्रमुख नवराज शर्मा र ईन्जिनियर लक्ष्मण जिसी र प्रभात लामिछानेले समधान गरेको थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवरले पुनर्निर्माणसम्बन्धी कार्यक्रममा वास्तविक भूकम्पपीडित सहभागी हुन नसकेको गुनासो समेत व्यक्त गरेका थिए। कार्यक्रममा उठेका गुनासो तथा सुझावको सम्बोधन गर्दै आयोजना प्रमुख नवराज शर्माले वास्तविक भूकम्पपीडितलाई दिइने अनुदान कार्यक्रमलाई सहज र प्रभावकारी बनाउनुका साथै जनताको गुनासोलाई माथिल्लो निकायमा पुर्याउनको लागि ठोस पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे।
आयोजना प्रमुख शर्माले पुनर्निर्माण कार्यमा सहभागी कर्मचारीलाई कामलाई छिटो छरितो रुपमा सञ्चालन गर्नका लागि जिल्लास्थित सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं १, २ र ३ का करिव १०० जनाको उपस्थिति रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०, कास्कीका सूचना अधिकारी लेखबहादुर क्षेत्रीले बताए।




