किशोरमाथि एसिड प्रहार

महोत्तरीको बर्दिवासमा १५ वर्षीय कशोरमाथि एसिड प्रहार भएको छ। बर्दिवास नगरपालिका–२ बस्ने १५ वर्षीय सुरज मुखियाको अनुहारमा शुक्रबार राति अपरिचित व्यक्तिले एसिड प्रहार गरेका हुन्।

एसिड प्रहारबाट मुखिया घाइते भएका छन्। शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ।