ललितपुरको महांकाल गाउँपालिका कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले दिएको जानकारी अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ । भने प्रहरी चौकी कालेश्वरले पनि घटनाको मुचुल्का उठाउँदै गरेको डिएसपी चिमोरियाले बताए। आत्महत्याको कारण भने हालसम्म नखुलेको र थप अनुसन्धान भैरहेको उनले बताए।




