यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

ललितपुरमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला यौन दुर्व्यवहार गरेको परिवारको आरोपमा फुर्के डाँडा प्रा.वि.का प्रधानाध्यापक रामनारायण यादवलाई पक्राउ गरिएको हो ।

घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए ।