आइतबार बिहान कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोलामा सेती नदीमा हाम फाली एक जना बेपत्ता भएका छन् ।
बिहान ११ः ३० बजेतिर सेतीमा माछापुच्छ्रे १ भुर्जुङखोलाका ३८ वर्षीय राजकुमार घर्ती हाम फालेर बेपत्ता भएका हुन् ।
घटनाबारे जानकारी भएपछि स्थानीय र प्रहरीले घर्तीको खोजी गरिरहेका छन् । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।






