फेरि फेसबुक लाइभ गरेर आत्महत्या

चितवनमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छिन् ।

शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले यसरी आत्महत्या गरेकी हुन् । प्रहरी निरीक्षक सुभास भट्टले भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको बताए ।

यसअघि दाङमा पनि यस्तै घटना भएको थियो ।