सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।
गृह मन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक यो समयमा हिँड्न नपाइने उल्लेख छ । कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी गर्न र गराउन भनिएको छ ।
यस प्रकारका जमघटमा १५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने मापदण्ड बनाइएको छ ।




