समाज

रुकुम हत्याकाण्ड : मारेर नदीमा फालेको प्रहरीको निष्कर्ष

फाइल फोटो ः मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा दोषी भएको दाबीसहित ३४ जनाविरुद्ध दर्ता भएको छ । सरकारी वकिल कार्यालयले आइतबार ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायत मुद्दा लगाइएको छ । ती ३४ मध्ये २९ जना हिरासतमा छन् भने ५ जना फरार छन् । मुद्दामा युवती, उनका बुबाआमा, वडाध्यक्षसहित ३४ जनालाई प्रतिवादी बनाइएको छ। घटनापछि… पुरा पढौ

बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्राको फ्ल्याटमा उनको शव भेटिएको छ । उनले महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए । राजपुतले किन आत्महत्या गरे भन्ने पत्ता लागिसकेको छैन । पुरा पढौ

ज्वाईले मारे सासु

मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले… पुरा पढौ

गोली प्रहारबाट युवकको हत्या

धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ । रासस धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक… पुरा पढौ

पोखरेली वाङ्मयिक संस्थाले भने : सबै खाले विभेद अन्त्य गर

पोखराका साहित्यिक एवं सांस्कृतिक संस्थाहरुले रुकुमको जौरजहारी र अमेरिकाको जर्ज फ्लोयड हत्या जस्ता पासबिक घटनाहरु विरुद्ध भएका आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति निकालेर गण्डकी साहित्य सङ्गम पोखरा, प्रगतिशील लेखक सङ्घ, कास्की, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, साहित्य शृङ्खला, पोखरा, सांस्कृतिक रूपान्तरण अभियान नेपाल र सङ्गम सांस्कृतिक मञ्च पोखराले त्यस्ता जातीय विभेदको भत्र्सना गर्दै सबै खाले विभेद, अन्याय र उत्पीडन विरुद्धका आन्दोलनप्रति ऐक्यबद्धता… पुरा पढौ

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती घटनाको छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। नेकपा सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति बनाइएको हो । सोमबार गठित समितिक सदस्यमा सांसदहरु दुर्गा पौडेल, एकवाल मियाँ, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मीनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव छन् । समितिले ३० दिनभित्र छानबिन सक्नुपर्छ । सोती गाउँमा मल्ल थरकी एक युवतीलाई लिन जाजरकोटबाट साथीसहित… पुरा पढौ

बाबुराम कामी लेखौं न, के हुन्छ ?

file pix सजपा नेता डा बाबुराम भट्टराईले हालै रुकुममा भएको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले दलितहरुमाथि भइरहेको दलन हटाउन सबैलाई थर दलित लेख्न आग्रह गरे । उनले भने, ‘बाबुराम कामी लेखौं न । कामी भनेको काम गर्ने मान्छे हो ।’ जनयुद्धको उद्गम स्थलमा भएको त्यस खालको घटनाले सबैको शिर निहुराएको उनको भनाइ छ । आइतबार प्रतिनिधिसभामा बजेटसम्बन्धी छलफलमा बोल्दै उनले विश्वका ८१ प्रतिशत श्रमिकले कोभिडाका कारण आफ्नो… पुरा पढौ

क्वारेन्टिनमै आत्महत्या

गुल्मीमा क्वारेन्टिनमा बसेका एकले आत्महत्या गरेका छन् । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । छत्रकोट गाउँपालिका ४ दिगामको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले गरेका हुन् । शौचालय जान निस्किएका परियारनजिकैको रुखमा पासो लगाएको आवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । पुरा पढौ

आमाको उजुरीमा छोरी बलात्कार गर्ने बाबु पक्राउ !

सिन्धुपाल्चोकमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मेलम्ची ११ की १८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनकै बाबुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बाबुले तीन, चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएको भनी पीडितकी आमाले उजुरी दिएपछि बाबुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पुरा पढौ

अर्जुनचौपारीमा बलात्कारको आरोपमा दाजु पर्ने व्यक्ति पक्राउ

स्याङजमा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नातामा दाजुपर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका पुरुष नाता सम्बन्धले पीडित युवतीका दाजुपर्ने भएकाले उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटना अर्जुनचौपारी गाउँपालिकाको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलका अनुसार स्थानीय १९ वर्षीया युवतीले गर्भ रहेपछि प्रहरीमा उजुरी गरेकी हुन्। ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं