सिन्धुपाल्चोकमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मेलम्ची ११ की १८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनकै बाबुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बाबुले तीन, चार वर्षदेखि छोरीलाई बलात्कार गर्दै आएको भनी पीडितकी आमाले उजुरी दिएपछि बाबुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




