रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती घटनाको छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ।

नेकपा सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति बनाइएको हो । सोमबार गठित समितिक सदस्यमा सांसदहरु दुर्गा पौडेल, एकवाल मियाँ, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मीनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव छन् । समितिले ३० दिनभित्र छानबिन सक्नुपर्छ ।

सोती गाउँमा मल्ल थरकी एक युवतीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । उनीहरुलाई गाउँलेले कुटपिट गरी भेरी नदीमा बगाएको पीडित पक्षको जिकिर छ ।