रुकुम हत्याकाण्ड : मारेर नदीमा फालेको प्रहरीको निष्कर्ष

फाइल फोटो ः मृतक नवराज विक

रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा दोषी भएको दाबीसहित ३४ जनाविरुद्ध दर्ता भएको छ । सरकारी वकिल कार्यालयले आइतबार ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायत मुद्दा लगाइएको छ । ती ३४ मध्ये २९ जना हिरासतमा छन् भने ५ जना फरार छन् । मुद्दामा युवती, उनका बुबाआमा, वडाध्यक्षसहित ३४ जनालाई प्रतिवादी बनाइएको छ।

घटनापछि शव भेटिएका ६ जनालाई नै गाउँलेले कुटेर बेहोस बनाएर खोलामा फालेको निष्कर्ष निकालेको छ । जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १७ जना साथीसहित चौरजहारी पुगेका थिए।

तीमध्ये १२ जना सम्पर्कमा आए पनि ३ जनाको सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो।