समाज

बालगृहमा स्मृति दिवस

अमर सेवा नेपालद्वारा सन्चालित फेदिखोला स्याङ्जामा रहेको बालगृह लाइ पोखरा महानगरपालिका १६ लामाचौर बानियाथरका स्व दिपेन्द्र बानियाको तेश्रो स्मृती दिवसको सन्दर्भमा श्राबण २९ गते बानियाकि श्रीमती सम्झना थापा बानिया, छोरी सिम्रन र छोरा सम्राटले आबश्यक खाध्यान्न लगायत असाहाय बालकहरुलाइ केहि खानेकुराहरु बितरण गरेका छन । नजिक वरपर सुगम ठाउहरुमा रहेका बालगृह, अनाथालय, बृद्दाश्रम आदि मा सबैको नजर पुग्ने भएता पनि बिकट ठाउमा भएको यस्ता ठाउहरुमा धेरैको कम नजर पुग्ने गरेकाले… पुरा पढौ

चितवनमा डाक्टर र नर्ससहित थप २७ जनामा कोरोना पुष्टि

चितवनमा डाक्टर र नर्ससहित एकैदिन थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना छन् । भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चिकित्सक र… पुरा पढौ

सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । बलात्कारको अभियोगमा अधिकारीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो । सोमबार र मंगलबारको बहसपछि मंगलबार यस्तो आदेश भएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्याय जानकारी दिए । अधिकारीविरुद्ध अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै आइतबार अभियोगपत्र दायर भएको थियो । पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा… पुरा पढौ

गोंगबु हत्या प्रकरणमा १ महिला पक्राउ

काठमाडौँको गोंगबु, गणेशस्थानमा शव फेला परेका पुरुषको पहिचान खुलेको छ । दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको अभियोगमा १ जनालाई प्रहरीले पक्रेको छ । चितवनको टाँडी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरी राजधानी ल्याइदै गरेको प्रहरीले जनाएको छ। आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । सोमबार बोहराका मामाले शवको सनाखत गरेका थिए । पुरा पढौ

मुक्तिनाथबासीले मनाए अनौपचारिक यार्तुङ

मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा सोमबार स्थानीयले अनौपचारिक रुपमा परम्परागत ऐतिहासिक याुर्तङ पर्व मनाएका छन् । पुस्तौदेखि संञ्चालन हुदै आएको मुक्तिनाथ यार्तुङ पर्व यसपाली कोरना कहरका कारण सामान्य रुपमा परम्परा धान्न पर्व मनाईएको जनप्रिय युवाक्लवका पूर्व अध्यक्ष सुरज गुरुङले जानकारी दिए । यस वर्ष कोरोना भाईरसको विषम सक्रमणकालिन अवस्था रहेको यार्तुङ पर्व गत वर्षको जस्तो तामझाम नभएको उनले बताए । उनका अनुसार यार्तुङ पर्वमा देखाईने महत्वपूर्ण घोडा दौड र स्थानीय… पुरा पढौ

१३ वर्षीया बालिकाको अश्लिल भिडियो बनाएको आरोपमा पक्राउ

१३ वर्षीया बालिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक युवालाई प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको छ। ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकको नक्कली आइडी बनाएर आफन्तलाई अश्लिल भिडियो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई… पुरा पढौ

खतरनाक लागुपदार्थ ‘मेथान्टामाइन आइस’ सहित एक पक्राउ

प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको विशेष टोलीले खतरनाक लागुऔषध बरामद गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीका एक उच्च अधिकारीले बताए।यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने… पुरा पढौ

नागपञ्चमी र यसको साँस्कृतिक महत्व

हरेक वर्षको श्रावण महिनाको शुक्ल पञ्चमीका दिन नागको पुजा गरिने भएकाले यस दिनलाई नाग पञ्चमी भनिन्छ । नाग पुजा निश्चित तिथिमा गरिने भएकाले यो नित्य पुजाअन्तर्गत पर्दछ । यस दिन कुनै जुठो, सुत्केरा वा अन्य कारणले पुजा रोकिन गएमा तिजको पञ्चमी (ऋषिपञ्चमी)वा श्रीपञ्चमीमा पुजा गरिने परम्परा छ । गृह शिलन्यास वा गृहशुद्धिका लागि गरिने वास्तुपुजामा पनि नागको प्रसंग आउँछ । नागका धेरै प्रकारहरु र कुलहरु भएको ब्यहोरा हिन्दूधर्मअन्तर्गतका विभिन्न शास्त्रहरुमा… पुरा पढौ

मृत्यु संस्कारका लागि जारी पास देखाएर यात्रु बोक्दा..

मृत्यु संस्कारमा सहभागिताका लागि दिइएको सवारी पास देखाएर यात्रु बोक्ने पक्राउ परेका छन् । पासको म्यादसमेत म्याद सकिएको थियो । बा ११ च ६३ नम्बरको स्कार्पियोका चालक मकवानपुर हेटौंडाका ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति चन्द्रागिरि नगरपालिका २ पानीघाटबाट पक्राउ परेका घिमिरेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घिमिरे जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार… पुरा पढौ

‘हामी जिउँदै छौ, जिउँदा सती हौं’

सय वर्षअघि जन्मेका भए हामी जिउँदै जलाइन्थ्यौं । अहिले हामी बाँचेका छौं ।जूना केसी यति बोल्दा बोल्दै भक्कानिइन् । १३ वर्षमा विहे भएकी जूना २६ वर्षमै विधवा बनिन् । त्यसपछिको उनको जीवन संघर्षले भन्छ : विधवा अहिले पनि जिउँदा सती हुन् । मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूनाले सती प्रथा उन्मूलन भएको १९७७ साल सम्झिइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा मात्रै ९ लाख एकल महिला छौं ।त्यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं