समाज

१४ वर्षकी भतिजीलाई करणी गर्ने पक्राउ

१४ वर्षकी भतिजीलाई डर, धम्की दिएर करणी गर्ने २१ वर्षीय पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ती बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी छिन् । पक्राउ परेका पुरुषलाई हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवत्ता सुवास हमालले जानकारीदिए । बालिकालाई २०७६ पुस २ गते राति ती पुरुषले घरमा कोही नभएको समयमा धम्की दिएर करणी गरेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

जबर्जस्ती करणी आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए । वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक… पुरा पढौ

महिलालाई कपाल मुडेर दिसा खुवाइयो, मोसो लाएर गाउँ घुमाइयो

परपुरुषसँग प्रेमसम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको खबर आजको नयाँ पत्रिका दैनिक छ । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ। शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि… पुरा पढौ

पोखरा महानगरद्वारा दुई ज्येष्ठ नागरिक सम्मानित

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४ वर्षीय तेजबहादुर गुरुङलाई महानगरले सम्मान गरेको हो । कोरोना भाइरसका कारण महानगरले दुबै जनालाई उनीहरुकै घरमा पुगेर सम्मान गरेको हो । पोखरा ११ रानीपौवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले… पुरा पढौ

‘महामारीमा अति अशक्त र विधवामाथि सरकारी मार’

अति असक्त अपांगता भएका र ६० वर्षमुनिका एकल महिला(विधवा)लाई सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा सरोकारवालाले चासो व्यक्त गरेका छन् । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश, मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी, महिला मानवअधिकार रक्षक सञ्जाल, कोपिला नेपाल र शक्ति समूहले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी सरकारको प्रतिवद्धता र संविधानको मर्मविरोधी निर्णय सच्याउन उनीहरुले आग्रह गरे । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले संविधान प्रदत्त… पुरा पढौ

छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण… पुरा पढौ

करणीको आरोपमा गाउँपालिका अध्यक्ष थुनामा

जबरजस्ती करणीको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार यो आदेश गरेको हो । गाउँपालिकामै कार्यरत एक स्वास्थ्यकर्मीले खड्काले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । पुरा पढौ

बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस पुरा पढौ

मुस्ताङका एक युवाले तयार पारे कोरोना रोकथाम गर्नसक्ने हिमाली औषधि

जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् । उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन्… पुरा पढौ

करोडौंको स्याउ फलाउने मुस्ताङका कर्म

स्याउ खेती गरी सुन फलाउने मुस्ताङका एक जुझारु किसानको नाम हो कर्म गुरुङ । गुरुङकै कृषि कर्ममा पू¥याएको योगदानको कदर गर्दै राज्यले सम्मान गर्ने भएको छ । मुस्ताङको घरपझोङ —५ ढुम्बा निवासी कर्म गुरुङले नेपाल सरकारले संविधान दिवसको अवसरमा जनसेवा श्री(पञ्चम) पदक पाउँने भएका छन् । उनी ४ दशक देखि कृषि व्यवसायमा आवद्ध छन् । राज्य तहबाट सम्मान गर्ने खबरले उनी निकै हौसिएका छन् । जिल्लाको कृषिक्षेत्रको विकास र यसमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं