समाज

बर्दिवासमा निषेधाज्ञा

बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि अहिले यहाँ निषेधाज्ञा जारी गरिएको छ । स्थानीयबासी आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको हो । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को गए राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि २४ घण्टासम्मलाई निषेधाज्ञा जारी गरेको हो ।… पुरा पढौ

पूर्वपतिको खुकुरी प्रहारबाट महिलाको मृत्यु

सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट महिलाको ज्यान गएको छ । उनन्तीस वर्षीय होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न… पुरा पढौ

प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् । सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने… पुरा पढौ

भिटोफ मुस्ताङमा निरज थकाली

गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को मुस्ताङ जिल्ला संयोजकमा घरपझोङ गाउँपालिका वडा नं.—५ निवासी स्थानीय युवा निरज थकाली नियुक्त भएका छन् । गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )का अध्यक्ष नवराज अधिकारीद्धारा गत असोज २८ गते जारी हस्ताक्षरित पत्रका आधारमा थकालीलाई भिटोफको मुस्ताङ जिल्ला संयोजक तोकिएको हो । यसअघि गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को विधान बमोजिम गण्डकी प्रदेशको २०७७ साल भदौ २५ गते बसेको… पुरा पढौ

पिसिआर रिपोर्ट आउनै ढिलाई ,तनाबमा मुस्ताङी

यतिबेला मुस्ताङी तनाव छन् । काठमान्डौंबाट हालै मुस्ताङ आएकी एक स्थानीय महिलाको उपचारका क्रममा काठमान्डौंमा मृत्यु भएपछि मुस्ताङीहरुमा कोरोना तनाव बढेको हो । ति महिलाको ठेगाना वारागुङ मुक्तिक्षेत्र कागबेनी भएपनि काठमान्डौ बसोबास गर्ने थिईन । सामान्य बिरामी अवस्थामा रहेकी ति महिलाको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । उनलाई हेली मार्फत काठमान्डौं पू¥याईएको थियो । उनको काठमान्डौको मेडिसीटी अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना परीक्षण गराईएको… पुरा पढौ

संरक्षित क्षेत्रमा घाईते कालो चील उपचार गर्दागर्दै म¥यो

जोमसोम—पछिल्लो समय हिमाली जिल्लामा पाईने दुर्लभ संरक्षित वन्यजन्तु तथा पंक्षी संकटमा पर्न थालेको पाईएको छ । मुस्ताङ घरपझोङ—५ ठिनी हुदै जाने तिलिचो पदमार्ग आसपास आखा नदेख्ने रोगले ३ वटा वन्यजन्तु नाउर भीरबाट लडेर मरेको एक महिनापछि फेरी एक अर्थसंरक्षित कालो चील पंक्षी घाईत भई मरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ । एक्याप जोमसोमका अनुसार असोज २२ गते मुस्ताङको घरपझोङ गापा—१ छैरो गाउमा अवस्थित सामुदायिक विद्यालयको कम्पाण्डमा उक्त कालो… पुरा पढौ

भिसेरा रिपोर्ट छिटो ÷छरितो सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयको प्रर्दशन ःभिडियो रिपोर्ट

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पर्ने ४ गाउँका स्थानीयले गत श्रावण २४ गते मुक्तिनाथमा एक ८२ वर्षिया बृद्ध महिलाको शव भेटिएकोबारे छिटो÷छरितो न्यायिक अनुसन्धान गनुपर्र्ने तथा मृत महिलाको पठाईएको शवको चाँडो भन्दा चाँडो भिसेरा रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग राख्दै सोमबार मुस्ताङ सदरमुकाम जोमसोममा दबावमूलक प्रर्दशन गरेका छन् । वारागुङ मुक्तिक्षेत्र गापा—१ मुक्तिनाथमा घटेको घटनाको २ महिना लामो समय बितिसक्दा समेत प्रहरीले सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित प्रहरीलाई दबाव… पुरा पढौ

‘समाज बद्लियो, महिलाप्रतिको दृष्टिकोण बदलिएन’

पोखराका विभिन्न क्षेत्रका महिलाले समाज महिलामैत्री हुन नसकेको गुनासो गरेका छन् ।युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तीकरण तथा लैङ्किक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठीमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनुपरेको बताए । समाज जति नै विकसित हुँदै गए पनि महिलाप्रति सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तहसम्म पुग्न नसकेको उनीहरुको भनाइ थियो । साथै,… पुरा पढौ

श्रीमानको कुटाइबाट घाइते ज्ञानकुमारीको मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी को उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो । आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा… पुरा पढौ

स्याउ संकलनमा जुटे मुक्तिनाथ ग्राण्ड सम्वलाका सुरज गुरुङ

जिल्ला मुस्ताङमा दशै —तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा—काठमान्डौं लगायतका सहरमा निर्यात हुने भइरहेको छ ।जिल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैचाबाट स्याउ टिप्ने चटारो चलेको छ ।कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस र यहाँको उत्पादन स्थानीयलेनै बजार सम्म पू¥याउने उद्देश्य मुस्ताङीको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएको स्याउ गैर जिल्लाका व्यापारीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं