बर्दिवासमा निषेधाज्ञा

बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि अहिले यहाँ निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीयबासी आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको हो । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को गए राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि २४ घण्टासम्मलाई निषेधाज्ञा जारी गरेको हो । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्यापछि हुन सक्ने अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।