संरक्षित क्षेत्रमा घाईते कालो चील उपचार गर्दागर्दै म¥यो


जोमसोम—पछिल्लो समय हिमाली जिल्लामा पाईने दुर्लभ संरक्षित वन्यजन्तु तथा पंक्षी संकटमा पर्न थालेको पाईएको छ । मुस्ताङ घरपझोङ—५ ठिनी हुदै जाने तिलिचो पदमार्ग आसपास आखा नदेख्ने रोगले ३ वटा वन्यजन्तु नाउर भीरबाट लडेर मरेको एक महिनापछि फेरी एक अर्थसंरक्षित कालो चील पंक्षी घाईत भई मरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ ।


एक्याप जोमसोमका अनुसार असोज २२ गते मुस्ताङको घरपझोङ गापा—१ छैरो गाउमा अवस्थित सामुदायिक विद्यालयको कम्पाण्डमा उक्त कालो चील पोथी पंक्षी उड्न नसकी घाईत अवस्थामा फेला परेको थियो । विद्यालय कम्पाण्डमा भेटिएको कालो चील पंक्षी स्थानीय समुदायले देखेपछि तत्काल जोमसोम स्थित अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय एक्यापलाई खबर गरेका थिए ।


कालो चील घाईते भएको खबर पाएपछि एकयापका कर्मचारीले घाईते पंक्षीलाई एक्यापको कार्यालयमा ल्याई उपचार गराईएकोमा शनिबार राती घाईते कालो चीलको मृत्यु भएको कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।उनका अनुसार घाईते अवस्थामा मरेको कालो चीलको शारिरीक बनाबट टाउको देखि पुच्छर सम्मको लम्बाई २४ ईञ्च ,उचाई १० ईञ्च ,खुट्टाको उचाई ५ ईञ्च ,घाटीको गोलाई ६ ईञ्च र पखेटाको लम्बाई १८ ईञ्च छ । घाईते पंक्षीको दाहिने खुट्टामा चोटपटक लागेको र कार्यालय ल्याई उपचार गर्ने क्रममा पंक्षीको मृत्यु हुन पुगेको कार्यालय प्रमुख दाहालले बताए ।


एक्याप कार्यालयमा उपचारका क्रममा मृत्यु हुन पुगेको कालो चीलको एक्याप जोमसोमका प्रतिनिधि, डिभिजन बन कार्यालय जोमसोम,जिल्ला सरकारी वकिलको कार्यालय र डिभिजन बन रेञ्जर लगायतको उपस्थितीमा मुचुल्का उठाई खाल्डो खनी नष्ठ गरिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।


मुस्ताङका केही स्थानीयले जलवायु परिवर्तनका कारणले संरक्षित बन्यजन्तु तथा पंक्षी संकटमा पर्न गएको आशंका व्यक्त गरेका छन् ।
फोटो ःक्याप्स
घाईते अवस्थामा भेटिएको कालोचील उपचारका क्रममा मृत्यु । तस्विर ःएसके थकाली