पिसिआर रिपोर्ट आउनै ढिलाई ,तनाबमा मुस्ताङी

यतिबेला मुस्ताङी तनाव छन् । काठमान्डौंबाट हालै मुस्ताङ आएकी एक स्थानीय महिलाको उपचारका क्रममा काठमान्डौंमा मृत्यु भएपछि मुस्ताङीहरुमा कोरोना तनाव बढेको हो । ति महिलाको ठेगाना वारागुङ मुक्तिक्षेत्र कागबेनी भएपनि काठमान्डौ बसोबास गर्ने थिईन ।

सामान्य बिरामी अवस्थामा रहेकी ति महिलाको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । उनलाई हेली मार्फत काठमान्डौं पू¥याईएको थियो । उनको काठमान्डौको मेडिसीटी अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युपछि कोरोना परीक्षण गराईएको भएपनि ४८ घण्टा बितिसक्दा समेत जिल्लामा कुनै खबर प्राप्त नभएको सरोकारवाला निकायले बताएका छन् ।


अस्पतालले रिपोर्ट उपलब्ध नगराएपनि जिल्लामा ति महिलाको कोरोना पोजेटिभकै कारण मृत्यु भएको आशंका गरिएको छ ।केहीले रिपोर्ट लुकाउन खोजिएको होकी भन्ने आशंका व्यक्त गरेका छन् भने केहीले कोरोनो पोजेटिभ भएको अपुष्ट खबर आएको बताएका छन् ।

ति महिला श्रीमानसहित असोज २७ गते काठमान्डौंबाट मुस्ताङको कागबेनी आएकी थिईन । आएको २ दिनपछि उनी सिकिस्त बिरामी परेकी थिईन् ।


ति महिलाको कोरोनाकै कारण मृत्यु भएको होकी भन्ने आशंकाले वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले अत्यावश्यकबाहेक सबै सेवा एक हप्ताका लागि बन्द गरेको छ । ति महिलाको संम्पर्कमा आएका व्यक्तिको कन्ट्र्याक ट्रेसिङ गरी पिसिआर गर्नु पर्ने भन्दै गाउपालिकाले सेवा बन्द गरेको गापा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

उनले ति महिलाको उपचारका क्रममा मृत्यु भएपछि लाश आफन्तलाई नदिई सुरक्षाकर्मीले अन्त्येष्टि गरेकोजानकारी आएको जनाएका छन् । यस्तै ,पालिकामा रहेको जनशान्ति मावि समेत एक हप्ताका लागि शैक्षिक पठन÷पाठन बन्द गरेको जनाएको छ । विद्यालयका प्रअ प्रेम गौतमले विद्यालयको होस्टेललाई एक हप्ताका लागि शील गरिएको बताए ।


मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले ति महिलाको मृत्युको कारण तथा कोरोना रिपोर्ट प्राप्त नभएको बताईन् । उनले यसबारे निरन्तर बुझ्ने प्रयास गरिरहेको उल्लेख गरिन् ।