भिसेरा रिपोर्ट छिटो ÷छरितो सार्वजनिक गर्नुपर्ने माग राख्दै स्थानीयको प्रर्दशन ःभिडियो रिपोर्ट

- मृत भेटिएकी महिलाको शवको भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौ पठाईएको

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पर्ने ४ गाउँका स्थानीयले गत श्रावण २४ गते मुक्तिनाथमा एक ८२ वर्षिया बृद्ध महिलाको शव भेटिएकोबारे छिटो÷छरितो न्यायिक अनुसन्धान गनुपर्र्ने तथा मृत महिलाको पठाईएको शवको चाँडो भन्दा चाँडो भिसेरा रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग राख्दै सोमबार मुस्ताङ सदरमुकाम जोमसोममा दबावमूलक प्रर्दशन गरेका छन् ।

वारागुङ मुक्तिक्षेत्र गापा—१ मुक्तिनाथमा घटेको घटनाको २ महिना लामो समय बितिसक्दा समेत प्रहरीले सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित प्रहरीलाई दबाव स्वरुप बिरोध प्रर्दशन गरेका हुन् । वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगत पर्ने मुक्तिनाथ पुराङ रानीपौवा ,झारकोट ,खिङ्गा र लुप्रा गाउँका स्थानीयले घटनाको छिटो÷छरितो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनु पर्ने माग गर्दै प्रर्दशनसहित जोमसोम बजार परिक्रमा गरेका छन् ।

घटनाको निश्पक्ष छानबिनलाई तिब्रता दिनुपर्ने,मृतकको भिसेरा रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने र सुरक्षा निकायले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने लगायतका नारा लगाउदै स्थानीयले जोमसोम बजार परिक्रमापछि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएको मुक्तिनाथका स्थानीय छिरिङ नर्वु गुरुङले जानकारी दिए । घटनाको प्रहरीले खोजतलास गर्न तदारुकता नदेखाएको जस्तो देखिएको र छानबिन गर्ने निकाय एक्सनमा नआएको जस्तो देखिएकाले संकास्पद व्यक्तिलाई आवश्यक अनुसन्धान गर्नुपर्ने स्थानीयबासीको माग रहेको उनले बताए ।

उनका अनुसार वारागुङ—१ अन्र्तगत पर्ने ४ गाउँको प्रत्येक एक घरधुरी सदस्य सहभागी रहने गरी सुरक्षा निकायको थप ध्यानआर्कषण गराउन जोमसोम आई बिरोध कार्यक्रममा सहभागी भएका हुन् ।सदरमुकाममा गरिएको जनप्रर्दशनपछि स्थानीय ४ गाउँका अगुवा प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा घटनाको पछिल्लो अपडेटबारे जानकारी लिएका छन् । उनीहरुले मुस्ताङका प्रहरी नायब उपरिक्षक नविककृष्ण भण्डारी समक्ष लामो समयसम्म पनि अनुसन्धानकार्य फितलो भएको भन्दै मौखिक रुपमा दुःखेसो व्यक्त गरेका छन् ।

पुराङ रानीपौवाका स्थानीय छिरिङधावा गुरुङले मुत्तिनाथमा २ महिना अघि पठाईएको मृत अवस्थामा भेटिएकी बृद्ध महिलाको भिसेरा रिपार्ट अहिलेसम्म आउन नसक्नु दुखत भएको बताए । उनले घटनाको कारण हत्या हो वा कालगतिले हो त्यसको टुङ्गो प्रहरीले लगाउनु पर्ने सुझाए ।

बर्सेनि मुक्तिनाथ रानीपौवा गाउँका स्थानीयले मनाउने परम्परागत यार्तुङ पर्वको दौरानमा गत श्रावण २४ गते ८२ बर्षिय स्थानीय बृद्ध महिला भुटिक गुरुङको शव उनकै घरमा बेवारिसे अवस्थामा भेटिएको थियो ।उनी अन्तिम पटक श्रावण २१ गते यार्तुङ पर्वको पहिलो दिनपछि गाउमा देखिएकी थिईनन् भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा सोही घटनाको छिटो÷छरिता पत्ता लगाई सत्यतथ्य बाहिर ल्याउन गत भदौ १६ गते ४ गाउँका स्थानीय डेलिगेशन आएका थिए । दोश्रो पटक प्रहरी अनुसन्धानको पछिल्लो जानकारी बुझ्न तथा सुरक्षा निकायलाई दबाव सृजना गराउन ठुलो संख्यामा स्थानीय महिला तथा पुरुष जोमसोममा प्रर्र्दशन गर्न आएको स्थानीय सुरज गुरुङले जानकारी दिए ।

यता ,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले घटनाको सत्यतथ्य अनुसन्धान भईरहेको स्थानीयलाई जानकारी दिए । उनले घटना संकास्पद जस्तो देखिएको भएपनि भिसेरा रिपार्ट आएपछि मात्र बास्तबिकता बाहिर आउने उल्लेख गरे ।


यसअघि जिल्ला प्रहरी कार्यालयले गत श्रावण २४ गते मुक्तिनाथमा मृत भेटिएकी महिलाको शवको भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौ पठाईएको जनाएको थियो ।
फोटो क्याप्सन ः
गत श्रावण २४ गते मृत भेटिएकी महिलाको छिटो÷छरितो अनुसन्धान गर्नुपर्ने माग राख्दै वारागुङ मुक्तिक्षेत्र —१ म पर्ने ४ गाउका स्थानीयको दबावमूलक बिरोध प्रर्दशन ।