स्याउ संकलनमा जुटे मुक्तिनाथ ग्राण्ड सम्वलाका सुरज गुरुङ

- ‘कुनै पनि व्यक्ति र व्यवसायले यो गर्न हुने र त्यो गर्न नहुने भन्ने छैन ’

जिल्ला मुस्ताङमा दशै —तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा—काठमान्डौं लगायतका सहरमा निर्यात हुने भइरहेको छ ।जिल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैचाबाट स्याउ टिप्ने चटारो चलेको छ ।
कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस र यहाँको उत्पादन स्थानीयलेनै बजार सम्म पू¥याउने उद्देश्य मुस्ताङीको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएको स्याउ गैर जिल्लाका व्यापारीले नभई स्थानीयबाटै स्याउ खरिद गर्नुपर्ने मान्यतासहित यसपटक मुक्तिनाथ ग्राण्ड सम्वलाका पर्यटनकर्मी सुरज cसहितको केही पर्यटनकर्मीले स्याउको नयाँ व्यापार थालेका छन् । पर्यटन व्यवसायी सुरज गुरुङसहितको टोलीले वारागुङ मुक्तिक्षेत्रमा कृषकको बगैचामै पुगेर स्याउ संकलन गर्नेकार्यमा जुटेको पाईएको हो।

झन्डै ७ महिना लामो् कोरोना कहर तथा लकडाउनले होटल बन्द भई आयआर्जन विहिन बनेका मुक्तिनाथका पर्यटन व्यवसायीले समयको सदुपयोगसहित आन्तरिक स्याउ व्यापार कर्ममा लागेको बताएका छन् ।पर्यटन व्यवसायी सुरज गरुङसहित ७ जनाको टोली स्याउ बजारिकण गर्न यतिखेर व्यस्त छन् । समुहका २ जनाले काठमान्डौंमा स्याउ बिक्री गर्ने व्यवस्थापन खटेका छन् भने बाँकी टोलीले गापाको लुप्रा,कागबेनी,धाकार्जुङ ,खिङ्गा ,झोङ र छुसाङ लगायतका गाउमा स्याउ संकलन गरेका छन् । पर्यटन व्यवसायी सुरज गुरुङले कोरोना कहरका कारण यसपटक स्याउ संकलनकार्यमा जुटेको बताए ।

जिल्ला बाहिरका व्यापारीले विगत वर्षहरुमा कृषकको उत्पादन न्युन मुल्यमा खरित्ने गरेको तर ,स्थानीयको तर्फबाट आफुहरुलेनै स्याउ संकलन गर्दा किसानले स्याउको सुहाउँदो मुल्य पाएको पर्यटन व्यवसायी सुरज गरुंङको भनाई छ । ‘कुनै पनि व्यक्ति र व्यवसायले यो गर्न हुने र त्यो गर्न नहुने भन्ने छैन ’ उनले भने‘ हिम्मत लगनशिलता भएमा जुनसुकै कर्म गर्न सकिन्छ । कोरोनाले थला परेका हामी जस्ता व्यवसायीलाई यसकार्यले पक्कै राहत पू¥याउला ।’

‘स्थानीय युवायुवतीलाई अल्पकालिन स्याउ टिप्ने रोजगारी दिएका छौं ,यसले गर्दा जिल्ला बाहिरका स्याउ टिप्ने मजदुर आउन पाएका छैनन् ं,उनले भने ‘ स्याउ संकलनमा लाग्दा समयको सदुपयोसंगै व्यवसायिक अनुभव पनि बढ्ने छ ।अब बर्सेनि पर्यटनसंगै स्याउको व्यापारलाई पनि निरन्तरता दिने सोच छ ।’
पर्यटन व्वसायी सुरज गुरुङले स्थानीयले नै स्याउ तथा कृषि उपजको व्यवसाय गर्दा जिल्लाको लगानी प्रतिफल जिल्लालाईनै आम्दानी हुने बताए । पर्यटन व्यवसायी गुरुङसहितको टोलीले १ सय ५० टन स्याउ संकलन गरी बजार पठाउने तयारी गरेको छ ।उनले भने ,‘हामीले स्थानीय कृषक र क्लवहरु संग सहकार्य गरेका छौं ,हालसम्म १ सय टन स्याउ जम्मा भएको छ ,जसमा ३ ट्रक स्याउ बजार पुगिसक्यो ।‘’

यस्तै ,वारागुङ मुक्तिक्षेत्र गापा—३ स्थित छुसाङमा नरसिंह युवक्लवले स्याउ संकलनमा सहजीकरण गरेको छ । स्थानीय व्यवसायीलाई स्याउ बिक्री गर्न दिने किसानको बगैचाको मुल्यमा एकरुपता कायम गर्न क्लवले समन्वय गरेको क्लवका पूर्वअध्यक्ष चन्द्र गुरुङले जानकारी दिए । उनले कोराना कहरले बेरोजगार जस्तै बनेका युवालाई स्याउ टिप्ने काम दिएको र यसले कोरोना जोखिम न्युनिकरण गर्न योगदान दिएको बताए ।

उनका अनुसार छुसाङमा करिव ३५ घरधुरीको स्याउ क्लवले संकलन गरी स्थानीय व्यवसायीलाई जिम्मा लगाउने काम भईरहेको उल्लेख गरे ।