प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

- सांसद बिष्टले अन्त्यमा कोरोना भाइरस जस्तो माहामारीको रुपमा फैलिएको संक्रमणको चाँडै अन्त्य होस भन्ने कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् ।

सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने बिश्वास व्यक्त गरे । विविधतायुक्त सांस्कृतिक ऐक्येवद्धता संम्पूर्ण नेपालीको मौलिक विशेषता भएको सांसद बिष्टले बिज्ञप्तीमा उदृत गरेका छन् ।

सांसद बिष्टले बिश्व व्यापी माहामारीको रुपमा उत्पन्न कोरोना भाईरसका कारण यस वर्षको चाडपर्व सहज रुपमा मनाउने अवस्था नरहेकाले यस बिषम परिस्थितीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गदै्र्र चाडपर्व मनाउन अनुरोध समेत गरेका छन् ।

सांसद बिष्टले अन्त्यमा कोरोना भाइरस जस्तो माहामारीको रुपमा फैलिएको संक्रमणको चाँडै अन्त्य होस भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा बस्ने सबैलाई सु—स्वास्थ्य ,दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना समेत गरेका छन् ।