भिटोफ मुस्ताङमा निरज थकाली

- थकाली गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० सदस्य पनि हुन्

गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को मुस्ताङ जिल्ला संयोजकमा घरपझोङ गाउँपालिका वडा नं.—५ निवासी स्थानीय युवा निरज थकाली नियुक्त भएका छन् । गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )का अध्यक्ष नवराज अधिकारीद्धारा गत असोज २८ गते जारी हस्ताक्षरित पत्रका आधारमा थकालीलाई भिटोफको मुस्ताङ जिल्ला संयोजक तोकिएको हो ।

यसअघि गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को विधान बमोजिम गण्डकी प्रदेशको २०७७ साल भदौ २५ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार गण्डकी प्रदेश अन्र्तगत मुस्ताङ जिल्लाको गाउँ पर्यटन प्रर्वद्धनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरी भिटोफ नेपालको गरिमा र उचाई वृद्धि गर्ने तर्फ उत्प्रेरित रहने अपेक्षा गर्दै थकालीलाई संयोजक कार्यभार तोकिएको जनाईएको छ ।
गाउँ पर्यटन प्रर्वंद्र्धनका लागि मुस्ताङ जिल्लाको घरपझोङ गापा—५ ठिनी र घरपझोङ—३ स्याङ ,लोघेकर दामोदरकुण्ड गापा—१ मराङ र लोमान्थाङ गाउँपालिकाको चुमजुङ गरी चार वटा होम—स्टे गण्डकी प्रदेशबाट सुचिकृत संञ्चालनमा आएका छन् । भिटोफबाट जिम्मेवारी पाएका थकालीले सुरुआति मुस्ताङको पर्यटन प्रर्वद्धन गर्न पर्यटक लक्षित डकुमेन्टी ,म्युजिक भिडियो ,ब्रोसर ,फोटोग्राफी ,मुस्ताङको पर्यटन प्रचारप्रसार,नयाँ पर्यटकीय गन्तव्य खोजी प्रर्वद्धन गर्न र ठिनी होम—स्टे स्थापना गर्न महत्वपूर्ण योगदान दिएका थिए ।

मुस्ताङको धार्मिक ,सांस्कृतिक ,सामाजिक संस्कृति तथा प्राकृतिक जैविक विविधता पस्कदै ग्रामिण भेकका स्थानीयको जिवनस्तर उकास्न होमस्टेले योगदान दिने नवनियूक्त संयोजक थकालीको भनाई छ ।उनले मुस्ताङ आउने पर्यटकको बसाई लम्ब्याउन होमस्टेले योगदान दिने बताए । उनले मुस्ताङमा संञ्चालित ४ वटा होमस्टेलाई थप व्यवस्थित गराउन कार्यसमिति गठन गर्ने जानकारी दिए
गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को मुस्ताङ जिल्ला संयोजक थकाली जनमुक्ति युवा क्लव ठिनीको उपाध्यक्ष ,पत्रकार महासंघ मुस्ताङ शाखाको कोषाध्यक्ष ,गैसस मुस्ताङको सदस्य ,रासस तथा एनटिभीका जिल्ला संम्वाददाता र गण्डकी प्रदेशको भ्रमण वर्ष २०२० सदस्य पनि हुन् ।

यसअघि थकाली जिल्ला यूवा समिति मुस्ताङबाट सक्रिय यूवा र राससबाट उत्कृष्ट आलेखबाट सम्मानित भएका थिए ।