करणीको आरोपमा गाउँपालिका अध्यक्ष थुनामा

जबरजस्ती करणीको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार यो आदेश गरेको हो । गाउँपालिकामै कार्यरत एक स्वास्थ्यकर्मीले खड्काले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।