१४ वर्षकी भतिजीलाई करणी गर्ने पक्राउ

१४ वर्षकी भतिजीलाई डर, धम्की दिएर करणी गर्ने २१ वर्षीय पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकाले गत भदौ २९ गते छोरा जन्माएकी छिन् । पक्राउ परेका पुरुषलाई हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवत्ता सुवास हमालले जानकारीदिए ।

बालिकालाई २०७६ पुस २ गते राति ती पुरुषले घरमा कोही नभएको समयमा धम्की दिएर करणी गरेको प्रहरीले जनाएको छ । सर्लाहीका स्थायी बासिन्दा ती पुरुषलाई सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा पक्राउ गरिएको हो ।