जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् ।
उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन् । उनले थासाङ —१ टुकुचे माथिको धौलागिरि हिमालको जरा बतासे घिमडुङ फोजुङ भन्ने स्थानबाट ७ थरिका हिमाली प्राकृतिक जटिबुटी खोजेका हुन् । उनले खोजेको हिमाली औषधिहरुमा रमन ,हमन ,यार्सा ,कुटुकी ,निरमसी ,पाङ्वे र जाक्सिङ मुला छन् ।
समून्द्री सतह देखि करिव ५ हजार मिटरको अग्लो उचाईमा संकलन गरी ल्याएका ति औषधिलाई एकै ठाउमा मिलाएर घरेलु उपकरण ओखलमा कुटेर धुलो पाउडरको रुपमा औषधि तयार गरेको क्षेत्रीले बताए । ‘हिमालमा पाईने वन्यजटिबुटी स्वतः औषधि हन्छ भन्ने थाहा थियो ,यसले कोरोना संक्रमणलाई समेत हटाउनसक्छ भन्ने ठाने ’स्थानीय युवा क्षेत्रीले भने ‘ सबै जटिबुटी सबै मिलाएर घरमै औषधि तयार पारेको छु । यसको सफल नमूना परीक्षण पनि आफैबाट सुरुआत गरेको हु ।’
उनले आफुले तयार पारेको रोग प्रतिरोधात्मक औषधि एक महिनासम्म निरन्तर सेवन गरेको बताए । औषधि सेवन अघिको समय र औषधि सेवनपछिको समयमा आफ्नो शारिरिक अवस्था सवल र फुर्तिलो बनेको क्षेत्रीले सुनाए ।कोरोना भाईरसको संक्रमणले बृद्धबृद्धा , शरिरीक अवस्था कमजोर र दिर्घरोगीका बिरामीलाई खतरापूर्ण रहेको समाचार पढेको र त्यसको सामना गर्न आफुले तयार पारेको औषधि अमुक हुने दावी गरे ।
उनले भने ‘ यो औषधि कोरानाकै लागि पूर्ण लक्षित होईन । विभिन्न रोगका बिरामीले निको पार्छ भन्नेमा ढुक्क छु ।स्वास्थ्य सवल भए कोरोना लागेपनि जित्न सकिन्छ ।’ उनका अनुसार ७ थरीका जटिबुटी मिश्रित औषधिले गानोगोला,सुगर,प्रेसर ,दम ,उक्तरत्तचाप ,स्नायु ,हाडजोर्नी लगायतका सामान्य बिराम पनि सञ्चो हुने जनाएका छन् ।
स्थानीय क्षेत्रीले आफुले तयार गरेको औषधि कोरानाका बिरामी ,आईसोलेसन तथा क्वारेन्टाईनमा बसेका व्यक्तिलाई परीक्षण गर्न पाए हुन्थ्यो भन्ने खोजीमा छन् । उनले तयार पारेको औषधि अहिलेसम्म स्थानीय स्तरमा ३ दर्जनले सेवन गरिरहेको र सबैको प्रतिक्रिया सकारात्मक आएको जानकारी दिए । ‘ मेलै तयार गरेको कोरोनाकै औषधि हो भनेर भन्दिन । तर यसले कोरोनाका बिरामीलाई सतप्रतिशत फाईदा पू¥याउछ ।’
कोरोनाको औषधि तयार पारेका क्षेत्रीले औषधि लिन आउनेसंग पैसाको वार्गेनिङ नगरेको र जति दिएपनि आफु सन्तुष्ट रहेको उल्लेख गरे । आफुले औषधिको नाममा भ्रम छर्ने र व्यापार गर्न खोज्ने प्रयत्नमा यो काम नगरेको बताए । क्षेत्री अहिले आफुले तयार पारेको औषधि सरकार पनि परीक्षण गरिदिए हुन्थ्यो भन्ने खोजीमा छन् । उनका अनुसार एक महिनासम्म निरन्तर सेवन गर्न एक चम्चा धुलो औषधि भएपुग्ने र दैनिक बिहान र बेलुकी एक गिलास पानीमा एक चिम्टी कम मिलाएर सेवन गर्न सकिन्छ ।
‘एक महिना खाएर हेर्नुहोस ,त्यसपछि आफ्नो स्वास्थ्यमा फरक र उर्जाशिल महशुस गर्न सक्नुहुन्छ । स्मरण रहोस हिमाली तथा उच्च पहाडी लेकहरुमा विभिन्न प्रकारका प्राकृतिक जटिबुटी पाईने गर्छ । यहाका लेकमा बर्सेनि बैशाख देखि असारसम्म यार्सा टिप्ने सिजन सुरु हुन्छ ।
यसअघि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले नियमित मह सेवनले कोरोना भाईरसलाई परास्त गर्ने बताएका थिए । सांसद तुलाचनले प्रतिनिधि सभाको बैठकमै उक्त धारणा राखेर एकपटक मह परीक्षण गरिदिन अनुरोध गरेका थिए ।
फोटो क्याप्सन ः
मुस्ताङको थासाङ—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले तयार पारेको कोरोना प्रतिरोधात्मक हिमाली औषधि । तस्विर ःनगेन्द्र क्षेत्री ।




