मृत्यु संस्कारमा सहभागिताका लागि दिइएको सवारी पास देखाएर यात्रु बोक्ने पक्राउ परेका छन् । पासको म्यादसमेत म्याद सकिएको थियो ।
बा ११ च ६३ नम्बरको स्कार्पियोका चालक मकवानपुर हेटौंडाका ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राति चन्द्रागिरि नगरपालिका २ पानीघाटबाट पक्राउ परेका घिमिरेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घिमिरे जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारका लागि काठमाडौं आउन जारी गरेको म्याद सकिएको सवारी पास देखाएर काठमाडौं आउँदै थिए । गाडीमा ६ यात्रु थिए ।




