९ वर्षे बालिका बलात्कार आरोपमा भूपू सैनिक पक्राउ

कास्की प्रहरीले ९ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १० मिलनचोक बस्ने ५५ वर्षका रेशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्रेको हो । भूपू भारतीय सैनिक रेशबहादुरलाई कास्कीबाट खटिइगएको प्रहरी टोलीले विरुवा ८, टोड्केबाट उनलाई नियन्त्रणमा लिएको हो ।

रेशबहादुरले ती बालिकालाई ४, ५ महिनादेखि ललाई फकाई यौन शोष गर्दै आएको र उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याएर जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।