गोंगबु हत्या प्रकरणमा १ महिला पक्राउ

काठमाडौँको गोंगबु, गणेशस्थानमा शव फेला परेका पुरुषको पहिचान खुलेको छ । दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको अभियोगमा १ जनालाई प्रहरीले पक्रेको छ ।

चितवनको टाँडी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरी राजधानी ल्याइदै गरेको प्रहरीले जनाएको छ।

आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । सोमबार बोहराका मामाले शवको सनाखत गरेका थिए ।