बालगृहमा स्मृति दिवस

अमर सेवा नेपालद्वारा सन्चालित फेदिखोला स्याङ्जामा रहेको बालगृह लाइ पोखरा महानगरपालिका १६ लामाचौर बानियाथरका स्व दिपेन्द्र बानियाको तेश्रो स्मृती दिवसको सन्दर्भमा श्राबण २९ गते बानियाकि श्रीमती सम्झना थापा बानिया, छोरी सिम्रन र छोरा सम्राटले आबश्यक खाध्यान्न लगायत असाहाय बालकहरुलाइ केहि खानेकुराहरु बितरण गरेका छन ।

नजिक वरपर सुगम ठाउहरुमा रहेका बालगृह, अनाथालय, बृद्दाश्रम आदि मा सबैको नजर पुग्ने भएता पनि बिकट ठाउमा भएको यस्ता ठाउहरुमा धेरैको कम नजर पुग्ने गरेकाले आफुले पोखरा देखि आइ स्व श्रीमान को स्मृति दिवसको दिनमा असाहाय बालबालिकाहरुलाइ सहयोग गर्ने धेरै अघि देखिकै आफ्नो इच्छा पुरा भएको सम्झना थापा बानियाले जानकारी दिइन् ।

पोखरादेखि कोरोना कहरका बाबजुद आफ्नो बालगृह मा आइ सहयोग हस्तान्तरण गरेकोमा सो बलगृहकि सस्थापक अध्यक्ष कमला पराजुली ले आभार ब्यक्त गर्दै स्व बानिया को आत्माले शान्ती पाओस भन्दै श्रध्दाञ्जलि अर्पण गर्दै धन्यबाद दिइन्।

सो अबसर मा सन्चारकर्मी सुरज उपाध्याय , नरेन्द्र थापा काजी गाउंले लगायतका ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।