कास्कीको मादी गाउँपालिका ४ मा एक वृद्धको हत्या भएको छ ।
मादी ४ का नवराज सापकोटाले शनिबार साँझ ७८ वर्षका पीताम्बर सापकोटाको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । नवराज र पीताम्बरबीच घटनाअघि सामान्य भनाभन भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका पीताम्बरको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र नवराज जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
नवराजकै खुकुरी प्रहारबाट घाइते भएका केशवराज सापकोटाको भने मणिपाल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको हमालले नेपालदुतलाई बताए ।




