जनकपुर उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंहलाई पक्राउ गरेको जनाएको छ । सोमबार सार्वजनिक गरिएका सिंहले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
भैसी चराउन गएकी ती बालिकालाई सिंहले आँप दिने प्रलोभन देखाएर बलात्कार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । बलात्कारपछि पोल खुल्ने भएकाले सिंहले बालिकाको हत्या गरी शव नदिमा फालेका थिए।
गत बुधबार भैसी चराउन गएकी कन्चन बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार घरभन्दा एक किलोमिटर टाढाको दुधमति खोलामा भेटिएको थियो।




