पौष २७ गते २०७६

ताजा समाचार

पौष २७ गते २०७६

समृद्धि लायन्सद्वारा सहयोग



लायन्स क्लव अफ पोखरा समृद्धिद्वारा दृष्टिविहीन विद्यालयलाई खानेपानी ट्यांकी र सेतो छडी सहयोग गरेको छ ।

क्लबले छात्रावासमा रहेका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको अध्यक्ष राधिका थापाले बताईन् ।

सहयोग हस्तानतरण गर्दै डिष्ट्रीक चिफ एड्भाईजर महेन्द्र पौडेलले आवश्यकता रहेको ठाउँमा सहयोग पु्याउनु लायन्सको मुख्य सिद्धान्त रहेको बताए ।

रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

क्लबका कोषाध्यक्ष शान्ति श्रेष्ठले स्वर्गीय आमाको स्मृतिमा सो टयाङकी सहयोग गरेकी थिइन् । क्लबले सहयोग स्वरुप उषाकिरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, डे«स, स्टेशनरी समेत वितरण गरेको छ ।

क्लबका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कुश्मा राणा, विद्यालयका शिक्षक टेकबहादुर थापा, कार्यक्रम संयोजक ललिता रंजीत, सचिव देवी श्रेष्ठ लगायतले बोलेका थिए ।

Image may contain: 13 people, including Krishna Thapa, Radhika Thapa, Lion Mahendra Paudel, Kusma Rana, Devi Stha and Mana Laxmi Karki, people smiling, people standing