समाज

परिवारका ४ जना मिलेर बुहारीको हत्या

धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवानलाई सोमबार बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो भने ४५ वर्षीया सासु कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाइ जनकपुर उपमहानगर ४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो। माघ १८ गते मोबाइललाई… पुरा पढौ

ह्योल्मो समाजमा उल्लासपूर्ण सोनाम ल्होसार

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले शनिबार भव्य रुपमा सोनाम ल्होसार मनाएको छ । २१४७ औं च्याग फो ज्यिवा ल्हो(मुसा वर्ग)लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, सम्मान, साँस्कृतिक कार्यक्रमका साथै सामूहिक प्रितीभोज गरी चाउथेको आफ्नै नयाँ भवनमा संस्थाले ल्होसार मनाएको हो। समाजले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगद र सम्मानपत्रसहित समारोहमा सम्मान गरेको छ । उच्च शिक्षा हासिल गर्ने रोजिना लामा ह्योल्मो, स्मृति ह्योल्मो, सन्नी… पुरा पढौ

ट्रकमा लिफ्ट दिएर बलात्कार !

ट्रकमा लिफ्ट दिएर २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पाँचथर घर भई झापा बस्दै आएकी २० वर्षीया युवतीलाई गाडीमा लिफ्ट दिएर बलात्कार गरेको भन्दै २८ वर्षीय उदयकुमार चौधरीविरुद्ध प्रहरीले बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेको हो । बिर्तामोडबाट पोखरातर्फ जाँदै गरेको ट्रकबाट सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधबार मध्यरातमा उनलाई नियन्त्रणमा लिएको थियो । युवतीले गाडी मालिकसमेत रहेका चौधरीको… पुरा पढौ

परिवर्तनलाई सघाउन सहद गिरी बसन्धरी ट्रस्ट

सामाजिक, सांस्कृतिक क्षेत्रका विकृति, विसंगति हटाउन र राष्ट्रिय एकताको पक्षमा योगदान गर्न सहद गिरी बसन्धरी स्मृति ट्रस्ट स्थापना भएको छ । पोखरामा बुधबार भएको भेलाले ट्रस्ट स्थापना गरी कार्यसमिति र सल्लाहकारसमेत चुनेको छ । संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश पूर्ण गिरी, गोपाल गिरी, सूर्य गिरी, शान्ति रानाभाट र शेरबहादुर क्षेत्री छन् । २ सदस्यपछि थपिने गरी बनाइएको १७ सदस्यीय कार्यसमितिका सदस्यमा बलराम गिरी, धर्मराज लामिछाने, सुशीला गिरी,… पुरा पढौ

श्रीपति कोइरालाको स्मृतिमा २ प्रतिक्षालय बन्दै

पोखराको श्रीपती कोइराला गूठीले २ वटा प्रतिक्षालय शिलान्यास गरेको छ । गुठीले पर्वत जिल्लाको कालीगण्डकी किनार र दाङ जिल्लाको राप्ती नदी किनारमा प्रतिक्षालय बनाउन लागिएको हो । आफ्ना संस्थापक श्रीपती कोइरालाको स्मृतिमा उक्त प्रतिक्षालय बनाउन लागिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । दाङ्गस्थित राप्ती गाउँपालिका वडा नं. १ राप्ती नदी किनारको प्रतिक्षालय वडाध्यक्ष ताराबहादुर डिसीले शिलान्यास गरे । यो प्रतिक्षालय चैत्र महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।… पुरा पढौ

हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिएका छन्। ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । हिमपातका कारण उपल्लो… पुरा पढौ

रक्सी खाएर ग्याङफाइट हुँदा ३ जना घाइते

मदिरा सेवन गरेका युवाहरूबीच मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा शनिबार राति ग्याङफाइट हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । घाइतेमध्ये विसुनदेव र बलरामको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुन महतोको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। गाउँको एक होटलमा… पुरा पढौ

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

जोमसोम–मध्यमुस्ताङ क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका देखि उत्तरी क्षेत्रको भु–भागमा बिहिबार राती देखि भारी हिमपात भईरहेको छ । हिमपातले अघिल्लो पटक परेको हिउँ ओभाउन नपाउदै थप हिउँ परेकाले कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको हो । हिमपात संगै सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने स्वदेशी तिर्थालुहरु कागबेनी देखि मुक्तिनाथ सम्म महङ्गो शुल्क तिरेर घोडामा यात्रा गर्न बाध्य भएका छन् । यसअघिको हिमपातले मुक्तिनाथ सडकमा हिउँ जमेपछि हलुका फोर ह्वील सवारी साधन मात्र मुक्तिनाथ जानसक्ने… पुरा पढौ

पत्रकारका हत्यारालाई ३९ वर्ष कैद

जिल्ला अदालत मकवानपुरले पत्रकार मनोहर ढकालको हत्या गरेको आरोपमा २ जनालाई दोषी ठहर गरेको छ। जिल्ला अदालतले हत्या र लुटपाटमा दोषी ठहर गर्दै कुल ३९ वर्ष कैदको फैसला सुनाएको हो। २ मुद्दामा यो सजाय सुनाएकाले अधिकतम सजायमात्र उनीहरुको हकमा लागू हुनेछ। जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका(११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका १२ का प्रविण वाईवालाई सजायको फैसला सुनाएको हो। उनीहरूबाट हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका ढकालको… पुरा पढौ

गोरु काटेको आरोपमा दुई जना पक्राउ

गोरु काटेको आरोपमा इलामको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन्। गाउँमा गोरु काटिरहेको खबर पाएपछि फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो। उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन्। घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं