मदिरा सेवन गरेका युवाहरूबीच मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा शनिबार राति ग्याङफाइट हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।
घाइतेमध्ये विसुनदेव र बलरामको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुन महतोको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
गाउँको एक होटलमा मदिरा सेवनपछि धनीराम र हरिओम महतोको समूहबीच सामान्य भनाभन भएको र होटलबाट निस्किएपछि दुवैजनाले आ आफ्नो मान्छेलाई फोन गरेर बलाउदाँ ग्याङफाइट भएको प्रहरीले जनाएको छ।
सो झगडामा संलग्न धनीराम मुखिया, रामविलास महतो, शंकर महतो, हरिओम महतोलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन् ।




