जिल्ला अदालत मकवानपुरले पत्रकार मनोहर ढकालको हत्या गरेको आरोपमा २ जनालाई दोषी ठहर गरेको छ।
जिल्ला अदालतले हत्या र लुटपाटमा दोषी ठहर गर्दै कुल ३९ वर्ष कैदको फैसला सुनाएको हो। २ मुद्दामा यो सजाय सुनाएकाले अधिकतम सजायमात्र उनीहरुको हकमा लागू हुनेछ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका(११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका १२ का प्रविण वाईवालाई सजायको फैसला सुनाएको हो।
उनीहरूबाट हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका ढकालको हत्या गरेका थिए ।
ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात् २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।




