समाज

दाजुको कुटाइबाट भाईको मृत्यु

ईलाममा दाजुभाईको झगडा हुदा भाईको मृत्यु भएको छ । जिल्लाको सुर्योदय नगरपालिका(१२ आठघरेमा ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली बिच झगडा तथा कुटपिट हुँदा हर्क बहादुर रसाईलीको मृत्यु भएको हो । आईतवार राती दुई भाइ विच मादक पदार्थ सेवन गरेर झगडा भएको थियोे। हत्यामा संग्लग्न मृतकका दाजु फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । पुरा पढौ

पर्स्याङमा देशकै नमुना रिहाब सेन्टर

गृह मन्त्रालयले पोखरा ५ पस्र्याङमा निर्माण गरेको लागुऔषध दुव्र्यसनी सुधार केन्द्र (रिहाब सेन्टर) चाडै सञ्चालनमा आउने भएको छ । करिब ३ करोडमा निर्माण भएको केन्द्र नौलो घुम्ती नेपालले साझेदारीमा सञ्चालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय कास्की र नौलो घुम्तीबीच रिहाब सञ्चालन गर्न गत असार ३१ गते सम्झौता भएको थियो । तर, भवन वरिपरिको कम्पाउन्ड पर्खाल रिहाब सञ्चालनका लागि उपयुक्त नभएकाले अहिले बलियो पर्खाल बन्दै छ । गण्डकी प्रदेशको… पुरा पढौ

गाउँपालिका उपाध्यक्ष आफै न्याय खोज्दै

अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने गाउँपालिका उपाध्यक्ष नै पतिबाट प्रताडित भएकी छन्। धनुषाको औरही गाउँपालिकाकी उपाध्यक्ष मिरादेवी सहनी पति उपेन्द्र सहनीबाट पटक पटक निर्घात कुटपीट र यातनाबाट पीडित भएपछि प्रशासनको शरणमा पुगेकी हुन् । नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित मिनाले पति उपपेन्द्रले अत्यधिक मदिरा सेवन गरी पटक पटक कुटपीट गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उपेन्द्रलाई प्रहरीले शनिवार पक्राउ गरेको छ । यसअघि पनि उनलाई २२ दिन… पुरा पढौ

स्याङ्जाली सम्पर्क सदनको रजतजयन्ति

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दक्ष जनशक्तिमार्फत नै देशको समृृद्धि सम्भव हुने बताएकी छन् । स्याङ्जाली सम्पर्क सदन पोखराको रजत महोत्सवको समारोह उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले देशमा हरेक क्षेत्रमा स्याङ्जालीको भूमिका अग्रणी स्थानमा रहेको चर्चा गरेकी छन् । देशको आर्थिक रुपान्तरणको लागि दक्ष जनशक्तिको हातेमालो नै आवश्यक हुने उनको भनाई छ । उनले स्याङ्जाको विकासको लागि सदनले गर्ने हरेक आग्रहलाई आफूले… पुरा पढौ

‘ स्वदेशको मेहनत टेस्टी हुन्छ ’ चित्रकार छिरिङ फेन्जो गुरुङ भिडियो रिपोर्ट

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे । https://www.youtube.com/watch?v=oiss3w3Q6T8 पुरा पढौ

मुस्ताङ क्यानभास हेर्न मुख्यमन्त्रीदेखि प्रदेश प्रमुखसम्म

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे । यसअघि एकल चित्रकला प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले चित्रकार फेन्जोप्रति हौसला बढाउदै सरकारले गर्न नसकेको काम युवाले… पुरा पढौ

सांसद पहारीद्धारा टिभी र युरोगार्ड सहयोग

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा–५, बगैंचास्थित ज्येष्ठ नागरिक क्लब दिवा सेवा केन्द्रलाई युरोगार्ड र टेलिभिजन प्रदान गरेका छन् । ज्येष्ठ नागरिकलाई शुद्ध पिउने पानीका साथै मनोरञ्जनका लागि उपलब्ध गराएको रु ४६ हजार मूल्य बराबरका उक्त सामग्री एक कार्यक्रमका बीच पहारीले केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीलाई हस्तान्तरण गरे । कार्यक्रममा उनले प्रदेशसभाबाट प्राप्त सेवा–सुविधा जनताप्रति समर्पित गर्ने अभियानअन्तर्गत हालसम्म निर्वाचन क्षेत्रका ४३ सामुदायिक विद्यालयलाई रु १२ लाख मूल्य बराबरका ५० थान… पुरा पढौ

महिलालाई पुरुषले सघाउनुपर्छ : उपप्रमुख गुरुङ

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरु राष्ट्र चलाउन सक्षम रहेको बताएकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले महिलाले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताइन् । महिलालाई जिम्मेवारी दिए वहन गर्न सक्छन् भन्दै उनले राष्ट्रप्रमुख, प्रधानन्यायाधीश, सभामुख भएर कुशलतापूर्वक महिलाले नेतृत्व गरिरहेको बताइन् । ‘महिलाहरु कमजोर छैनन् भन्ने पुष्टि… पुरा पढौ

स्याङ्जाली सम्पर्क सदन रजत जयन्ति मनाउँदै

स्याङ्जाली सम्पर्क सदन पोखराको यही पुस १२ गते हुने रजत जयन्ति महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा सभागृह हलमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रजत जयन्ति महोत्सव मूल समारोह समितिले जनाएको छ । महोत्सवको अवसरमा पोखराको छोरेपाटन सितल चौतारी र विरौटा राममन्दिर क्षेत्रवाट २ वटा विशाल झाँकीसहितका र्याली निस्केर विरौटाचोक, मुस्ताङचोक, पृथ्वीचोक हुँदै सभागृहमा पुगेर सभामा परिणत हुने सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीले जानकारी दिए । बाजा… पुरा पढौ

लेन देनको विवादमा बुहारीको हत्या

आफ्नै भाइको श्रीमती( बुहारी) को हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जनकपुरमा उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना पक्राउ गरेको हो । बुधवार अपरान्ह श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए। घाइते रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं