गाउँपालिका उपाध्यक्ष आफै न्याय खोज्दै

अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने गाउँपालिका उपाध्यक्ष नै पतिबाट प्रताडित भएकी छन्।

धनुषाको औरही गाउँपालिकाकी उपाध्यक्ष मिरादेवी सहनी पति उपेन्द्र सहनीबाट पटक पटक निर्घात कुटपीट र यातनाबाट पीडित भएपछि प्रशासनको शरणमा पुगेकी हुन् ।

नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित मिनाले पति उपपेन्द्रले अत्यधिक मदिरा सेवन गरी पटक पटक कुटपीट गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

उपेन्द्रलाई प्रहरीले शनिवार पक्राउ गरेको छ । यसअघि पनि उनलाई २२ दिन थुनुवामा राखिएको थियो।

पतिले असह्य पीडा दिन थालेपछि बाध्य भएर प्रशासनलाई गुहारेको मीराले बताइन् ।