मुस्ताङ क्यानभास हेर्न मुख्यमन्त्रीदेखि प्रदेश प्रमुखसम्म

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे ।

यसअघि एकल चित्रकला प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले चित्रकार फेन्जोप्रति हौसला बढाउदै सरकारले गर्न नसकेको काम युवाले गरेको बताएका थिए । उनले धार्मिक र सांस्कृतिक कलासंस्कृतिले मुस्ताङ जिल्ला धनी भएको आगामी दिनमा यसलाई विश्वसमुदाय माँझ पस्कन सक्नुपर्ने सुझाए । मानिस जन्मने र मर्ने प्राकृतिक नियम भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पस्कि सकेको कलाकारिता कहिल्यै सधै जिवित रहने भनाई राखे ।


प्रर्दशनीको अन्तिम दिन चित्रकारिता अवलोकन गरेपछि संञ्चारकर्मीहरुलाई प्रतिक्रियाँ दिदै गण्डकी प्रदेशका अर्थमन्त्री किरण ग्ुरुङले मुस्ताङको ऐतिहासिक गुम्बा, मठमन्दिर ,दरबार ,गुफा र छोर्तेनलाई थिम्स बनाएर त्यहाको मौलिक संस्कृति ,सभ्यता र भेषभुषालाई क्यानभासको माध्यमबाट जिवन्त रुपमा चित्रण गरिएकोमा स्रष्टालाई धन्दयावाद दिए । उनले मुस्ताङको ऐतिहासिक बस्तुहरु सधै अद्धितीय भएको यसलाई कलाकारिताबाट पस्कनु पर्ने सुझाए ।

मुस्ताङको दुरदराजको युवाले मुस्ताङलाई कला मार्फत उजागर गर्ने कामले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने जनाए । अर्थ मन्त्री गुरुङले कलासंस्कृतिले मुस्ताङ प्रदेशकै पावरहाउस भएको उल्लेख गरे रर सबैकला संस्कृतिलाई विश्वमाझ चिनाउन सके मुस्ताङको महत्व घनिभुत हुने उल्लेख गरे । तर ,प्रदेश प्रमुख अमिक शेरचनले चित्रकला हेरेपनि कुनै प्रतिक्रिया भने जनाएन् ।

एक चित्रकला प्रर्दशनीको समापन समारोहमा बोल्दै चित्रकार छिरिङ फेन्जोले मुस्ताङको कलासंस्कृतिलाई चिनाएर आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गर्ने आफुले प्रयास गरेको बताए । उनले मुस्ताङमा आफु भन्दा पनि राम्रो चित्र कोर्न सक्ने कलाकार भएको जनाउदै सबै कलाकारहरुलाई प्रोत्साहन र हौसला चाहिएको जनाए । युवाहरुको एकता र सहयोगले गन्तब्य भेटिने उल्लेख गर्दै चित्रकार फेन्जोले सबैको सामुहिक प्रयासले तेश्रो एकल चित्रकला प्रर्दशनी सफल भएकोमा धन्यवाद व्यक्त गरे ।


उपल्लो मुस्ताङमा ३८ वर्षअघि जन्मिएका चित्रकार फेन्जो एक गरिव तथा बिपन्न परिवारका सदस्य हुन् । घरको आर्थिक अवस्था र पढाई प्रति केही कमजोर भएकाले शैक्षिक पठनपाठनलाई पर पन्छ््याएर कलाकारीतामा होमिए । कक्षा ५ को पढाई पुरा गरेका उनले गाउकै ल्हाक्पा लामाबाट चित्रकारिता र पेन्टिङ सिके । चित्रकारितामा होमिएका उनले यस संम्वन्धि एडभान्स तालिम लिन काठमान्डौ पुगे । काठमान्डौमा उनले तिब्बतीयन र अन्य प्रशिक्षकबाट दक्षता बढाए । कलाकारितामै समर्पित फेन्जो एकाएक ४ वर्ष कोरियामा बिताए । कोरियामा उनले मासिक डेढ लाख त कमाउने भए तर सन्तुष्टी प्राप्त गर्न सकेनन् ।

उनी भन्छन् ‘ कोरियामा सबै सुख र सुविधा सहित पैसा कमाईन्थ्यो ,तर चित्रकारिताको हुटहुटी ले सतायो । चित्रकारिता बिना मलाई पैसाले मात्र सन्तुष्टि दिलाउन सकेन ।यसपछि अठोट गरे , गाउठाउमै जान्छु ,जानेको कुरा युवाहरुलाई सिकाउछु र आफु पनि यही कर्मलाई पेशा बनाउछु ।’


छिरिङको चित्रकारितामा पुराना छोर्तेन ,गूम्बा ,मठमन्दिर ,गुफा ,दरबार मौलिक भेषभुषा र मुस्ताङका ऐतिहासिक संस्कृति भेटन् सक्छौ । उनी भनछन् ‘ आगामी दिनमा मुस्ताङमा लुकेर रहेका अरु खनिज तथा जैविक बिषयबस्तुलाई समेट्ने प्रयास गर्छु । कलाकारिता माझिने र चम्काउने हो । यही सागरमा डुबेर मुस्ताङ चिनाउने बाटोमा लाग्छु ।’

एकल चित्रकला प्रर्दशनीमा छिरिङले ४३ थान चित्रकला ग्यालरी प्रस्तुत गरे भने अतिथिलाई आफ्नो सृजना उपहार स्वरुप दिए । उनले सरकारले आर्थिक र प्राविधिक सहयोग गरे ७७ वटै जिल्लामा चित्रकला शो गर्ने खुलाए । सरकारले पर्यटन प्रर्वद्धनका कुरा गरेपनि पर्यटन प्रर्वद्धन गर्ने सृजनालाई समेट्न नसकेको दुखेसो सुनाए । चित्रकार छिरिङ आफ्नो पेशा व्यवसायप्रति सन्तुष्ट रहेको बताए । मासिक न्युनतम ५० हजार देखि ३ लाख सम्म कमाउने उनले व्यवसाय सधैभरी समान नभई सिजन अनुसार घटीबढी हुने सुनाए ।