दाजुको कुटाइबाट भाईको मृत्यु

ईलाममा दाजुभाईको झगडा हुदा भाईको मृत्यु भएको छ ।

जिल्लाको सुर्योदय नगरपालिका(१२ आठघरेमा ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८ बर्षीय राम बहादुर रसाईली बिच झगडा तथा कुटपिट हुँदा हर्क बहादुर रसाईलीको मृत्यु भएको हो ।

आईतवार राती दुई भाइ विच मादक पदार्थ सेवन गरेर झगडा भएको थियोे। हत्यामा संग्लग्न मृतकका दाजु फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।