ताजा समाचार

पौष २५ गते २०७६

राष्ट्रिय परोपकार पोखरा महिला समितिमा रेनु

राष्ट्रिय परोपकार महासंघ पोखरा नगर महिला समितिको तेस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चुनेको छ ।

समितिको उपाध्यक्ष कल्पना क्षेत्री, सचिव अम्बिका ढकाल, सहसचिव शान्ति ओझा, कोषाध्यक्ष साग्रीला केसी र सदस्यमा कमला शर्मा, रमा बराल, गीता लामिछाने, शुशीला रानाभाट, सरस्वती भण्डारी, सीता भण्डारी, कविता कार्की, प्रिया थापा छन् ।

सभामा महासंघका केन्द्रीय अध्यक्ष कमलनयन गौतमले धर्म, संस्कृति रक्षाका लागि नारी शक्ति देवीको रुपमा लाग्नुपर्ने बताए । महासंघले नेपालभरि सामाजिक, धार्मिक कार्यका लागि सक्रिय रहेको उनले बताए । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले असल समाज निर्माणमा महिला समितिले उल्लेखनीय काम गरेको बताए । सल्लाहकार शुष्मा पौडेलले नहुने, नसक्नेलाई सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिइन् ।

समितिका अध्यक्ष रेनु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सरिता कार्की, सचिव अम्बिका ढकाल, कोषाध्यक्ष कल्पना बास्तोला, सल्लाहकार गिरी कोइराला, जिल्ला सचिव राजेन्द्र पौडेल, अक्षय कोष दाता सरस्वती गुरुङ लगायते बोलेका थिए ।

महासंघले वार्षिक कार्यक्रम अन्तर्गत पुस २६ देखि माघ ४ गतेसम्म श्रीमद्भागवत महाउत्सव तथा तेस्रो महाधिवेशन गर्ने जनाएको छ ।