ताजा समाचार

पौष २२ गते २०७६

कार्यकक्षमै कुटिए वडाध्यक्ष

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि मंगलबार हातपात भएको छ। वडा कार्यालयमा रहेका बुढामाथि अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले कुटपिट गरेका हुन्।

२०७४ सालमा १५ दिनका लागि विष्टलाई नगरपालिकाले छाडा गाई व्यवस्थापनको जिम्मा दिएको थियो। गाई जिम्म दिएबापत विष्टलाई नगरपालिको दुई लाख ६० हजार रकम भुक्तानी गरेको थियो। गाई व्यवस्थापनको अझै दुई लाख रुपैयाँ रकम बाँकी रहेको भन्दै मदिरा सेवन गरी बुवाछोराले विवाद गरी कुटपिट गरेको वडा अध्यक्ष बुढाले बताए।

‘सम्झौताभन्दा बढी रकम विष्टले बुझेर लगेका छन्’ अध्यक्ष बुढाले भने, ‘भुक्तानी पाइसके पनि छाडा गाई व्यवस्थापनमा खटिएका कामदारलाई रकम नदिई खर्च गरेका छन्। उल्टै अझै रकम पाउनु पर्ने भनी बखेडा झिकेर कुटपिटमा उत्रिए।’ नगरपालिकका नगर प्रमुख दिलबहादुर ऐरले कार्य कक्षमै रहेका जनप्रतिनिधिमाथि कुटपिट गर्ने कार्य कदापी पनि सैह्य नहुने बताए। ‘बुढालाई कुटपिट गर्ने बुवाछोरा दुवैलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ।