प्रहरीले मोरङमा जलाउन लागेको महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको छ ।
विराटनगर–८ संघिया घाटमा जलाउन तयार गरिएको स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार विहान मृत्यु भएकी साहको घाँटीमा चोट देखिएपछि मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिइएको हो ।
अहिले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।




