प्रहरीले हाने आफैंलाई गोली, अवस्था गम्भीर

जिल्ला प्रहरी कार्यालय ९जिप्रका० सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए । स्रोतका अनुसार रायले भ्यालेन्टाइनका दिन शुक्रबार एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल खोसेर आफ्नै पेटमा गोली हानेका हुन्।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भने ।

गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।