क्रान्तिको बाच्छिटा जरामा पर्नुपर्छ, पातमा होइन

हामि कहां दुइ तिहाइको मार्क्सबादी मुल्यमा बिस्वास राख्नेहरुको सरकार छ । प्रतिपक्ष कांग्रेस पनि आंफुलाइ समाजबादी मान्दछ ।अर्थात देश समाजबादमय छ , संबिधाननै समाजबाद उन्मुख छ ।

यस्तो समाजबादी देशका नेताहरुलाइ मरेपछी पनि तोपको सलामि चाहिन्छ ।फूलहरुले सजिएको मालाहरुको झल्लर सहितको आर्यघाटको राजकिय बुर्जामा चिता चाहिन्छ ।

शुशिल कोइरालाको मृत्यु हुंदा पशुपतिको बिद्युतिय चिता भर्खर उदघाटन भएको थियो ।समाजबादी पार्टीको नेता , त्यो पनि कोइरालाहरु जस्तो प्रगतिसिल भएकोले बिद्युतिय चितामै जलाउलान र यो बेवारिसे गरिव निम्छरा जलाउनेमात्र बिद्युतियचिता होइन भन्ने सन्देश देलान भनेर कर्मचारीहरु सरसफाइ गरेर तम्तयार बसेका थिए ,तर वहांको परिबार र पार्टीले पनि राजा महाराजा जलाउने आर्यघाट , फूल सजिएको चिता र तोपको सलामिनै रोजे ।कम्युनिष्टहरु झन के कम प्रचण्डले छोरा प्रकासको अन्तिम संस्कारमा राजकियसैलीनै रोज्नु भयो ।

कर्मकाण्ड ,अन्धबिस्वास ,ईश्वरियसत्तालाइ नमान्ने भौतिकबादीहरुले मृत्युउपरान्त आंखा लगाएत प्रत्यारोपण हुन सक्ने संपुण अंगहरु दान गरिदिने , रहलपहल बिद्युतिय चितामा जलाइदिनु वा चिकित्सा अस्पताल अध्ययन अनुसन्धानका लागी दिनु भनेर छाडिदिनु पर्ने हो ।श्रीलंका जस्तो कट्टर धार्मिक देशमा त संसारमै सबै भन्दा बढी आंखादान हुंदो रहेछ भने , कांग्रेस कम्युनिष्ट जोडेर हाम्रो जस्तो झण्डै सतप्रतिसत समाजबादी नेता कार्यकर्ताहरु भएको देशले मृत्यु उपरान्त पनि नश्वर सरिरलाइ लोककल्याणमा उपयोग गरौं भन्न सकिन्न ,गर्न गराउन सकिन्न ?

तेह्र दिने काजक्रिया सात दिन बनाउं , तिन दिन बनाउं वा गर्दै नगरौं भनेर क्रान्तिकारी होइंदैन , समाजबादी होइंदैन । मृत सरिरलाइ त राजकिय संमान चाहनेहरुले जिबित हुंदा कस्तो जिबनसैलीमा मोह राख्दा हुन भनिरहन पर्दैन । क्रान्तिको बाच्छिटा जरामा पर्नुपर्छ, पातमा होइन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।